रौतहट २९ साउन ।
रौतहट जिल्लाको गढिमाई नगरपालिकामा निशुल्क पिसिआर परिक्षण गर्ने भएकोे छ । खुल्ला सिमा नाकाका कारण भारतीय नागरिक तथा अन्य संक्रमित नगरका नागरिकहरुको आवतजावत हुने हुदा गढिमाई नगरपालिकाका नागरिकमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै नगरभित्रका आम नागरिकहरुलाई निशुल्क पिसिआर परिक्षण गर्न लागेको नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिनु भएको छ । एक घर एक पिसिआर टेस्टलाई मध्यनजर गर्दै रौतहटको गढिमाई नगरपालिकाले कोरोना परिक्षण गराउन इच्छुक नागरिकहरुले २ स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । गढिमाइ नगरपालिकाका नागरिकहरुले पिसिआर परिक्षण गराउन इच्छुक छ भने गढिमाई नगरपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र साहको मोवाइल नम्बर ९८४५०४३९७४ र हेल्थ असिस्टेन्स धर्मेन्द्र साहनीको मोवाइल नम्बर ९८५५०४०९६० मा सम्पर्क राख्न नगरपालिकाले अनुरोध गरेको छ । रौतहटका केही नगरपालिकामा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिसकेको छ । आम नागरिकले जिल्लाभरका नागरिकहरुको एक घर एक पिसिआर परिक्षण गराउनु पर्नेमा जोड दिदै आएको छ । यति बेला रौतहटका नागरिकहरुमा कसलाई कोरोना छ भन्नेमा कसैको ठेगान नरहेकाले घर बाहिर ननिस्कन प्रशासनले अपिल गरेको छ । यो संकटको घडिमा नागरिक आफै सचेत रहनु पर्नेमा स्थानिय राजनितिक दलका नेता कार्यकर्ताहरुले सुझाव दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here