दमौली, २८ साउन (रासस) ।
तनहुँको भानु नगरपालिका–१३ निवासी पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । तीन दिनदेखि बेपत्ता हुनुभएका पत्रकार बानियाँको शव आज भेटिएपछि शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गर्नुभएको हो ।
विगत दुई दशकदेखि राष्ट्रिय दैनिकमा आबद्ध रहेर राजनीतिक, सामाजिक र प्रशासनिक ब्यूरोमा कलम चलाउँदै आउनुभएका बानियाँको निधनको खबरले आफू स्तब्ध भएको वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ । निष्ठावान्, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगत्मा एउटा नक्षत्र गुमाएको महसुस भएको पौडेलले उल्लेख गर्नुभएको छ । उहाँले वक्तव्यमा भन्नुभएको छ, “दुःखको यस घडीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।