जनकपुरधाम, २६ साउन ।
धनुषाको मिथिला नगरपालिकाका कार्यालय र वडा कार्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण एवम् समुदायस्तरमा कोरोना फैलिने जोखिम कम गर्ने उद्देश्यका साथ साउन २७ गतेदेखि आगामी भदौ २ गतेसम्मको लागि कार्यपालिका र नगर भित्रका वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले जानकारी दिए । प्रदेश २ लगायत देशभर कोरोना महामारीको संक्रमण दर उच्च मात्रामा वृद्धि भइरहेको अवस्थाले गर्दा देशका विभिन्न क्षेत्रहरुमा लकडाउन र सटडाउनको अवस्था जारी रहेकोले यस्तो निर्णय गरिएको नगरप्रमुख महतोले बताए । नगरकार्यपालिकाका कर्मचारीहरुलाई आवश्यक परेको समयमा जुनसुकै बेला कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ ।