रौतहट २५ साउन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको निषेधाज्ञाका कारण पुर्व पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्ड सुनसा नबनेको छ । स्थानीय प्रशासनले जारिगरेको ९ दिने निषेधाज्ञाको दोस्रो दिन रौतहटमा पुर्ण प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुर लगायतका सबै बजारहरु शनिबार बिहानै देखि बन्द रहेको छ । बजारमा रहेका औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसलहरु बन्द रहेका छन् । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन ।