रौतहट १३ साउन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले माक्स नलगाई हिड्ने व्यक्तिलाई कारबाही गरेको छ । रौतहटमा कोरोना भाइरसलाई वेवास्ता गर्दै माक्स नलगाई हिड्ने २०७ जनालाई कारबाही गरेको हो ।प्रशासनले हिजो रौतहटको विभिन्न स्थानमा जाँच गर्नेक्रममा माक्स नलगाई हिडने २०७ जनालाई कारबाही गरिएको रौतहटका जिल्ला अधिकारी बासुदेब घिमिरेले बताउनु भयो ।
गृह मन्त्रालयको परिपत्र अनुसार संक्रमण रोग ऐन अन्तर्गत प्रतिब्यक्ति एकसय रुपैँयाको दरले कारबाही गरिएको उहाले बताउनु भयो । स्थानीय स्तरमा कोरोना देखिएपछि प्रशासनले घर बाहिर निस्किदा मास्क अनिवार्य गरेको छ।