रौतहट ११ साउन ।
रौतहट जिल्लाको भकुवा नदीमा हिजो देखि हराईरहेका दुई बालिका मध्ये एक जनाको शव आज बिहान फेला परेको छ । हिजो शनिबार साँझ ४ बजेदेखि ती दुई बालिका नदिमा हराईरहेकी थिईन् । प्रहरी लाई अभिभावकले खबर गर्ने लगत्तै खोजतलासमा जुटेको थियो । सोहि क्रममा आज आईवार बिहान करिब ९ बजे शव भेला परेको प्रहरीले जनाएको छ । फतुवा विजयपुर नगरपालिका वाड नम्बर २ सितलपुर निवासी रामअयोध्या प्रसाद यादवको दुई छोरीहरू वर्ष १० कि मनिषा कुमारी यादव र वर्ष १२ कि पुजा कुमारी यादव हराएकि थिईन् । दुई जना मध्ये मनिषा को शव फेला परेको हो भने पुजा अझै वेपता छिन । एलकेजि र युकेजिमा अध्यनरत ती दुई बालिका को परिवार अहिले शोकमा डुबेको छ । घटना स्थलमा ईप्रका मौलापुर र फतुवा विजयपुरको टोली पुगेको थियो । हराईरहेको बालिकाको खोजतलास भईरहेको र शव लाई पोष्ट मार्टम को लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी भईरहेको फतुवा विजयपुरका ईन्सपेकटर चन्द्रकिशोर साहले जानकारी गराएका हुन् ।