रौतहट ४, साउन ।
रौतहटको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर , सब डिभिजन कार्यालय चोचा वन नर्सरी र चेतनगर वन नर्सरीबाट निशुल्क बिरुवा बितरण गरिएको छ। आज आइतबारबाट आँप , अमरपाली , कागती लगायतका विभिन्न प्रजातीका बिरुवाहरु बितरण भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । आफ्ना खाली रहेका जमिन तथा विभिन्न स्थानमा पर्यावरणिय वाताबरण निर्माणमा यसबाट सहयोग पुग्ने स्थानियले बताएका छन । सर्वसाधरण देखि विभिन्न सामुदायिक वनहरुले पनि सो बिरुवा लिन सक्ने र आफ्ना उपभोक्तालाई समेत बितरण गर्न सक्ने वन कार्यालयले जनाएको छ । खाली जग्गा भएका तथा बिरुवा रोपेर हरियाली बातावरण बनाउनको लागी विरुवा लिन आउनको लागी समेत सर्वसाधरणलाई अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here