सर्लाही ३ साउन ।
सर्लाही बागमतीको नहरमा डुबेर शनिबार अपराह्न एक महिलाको मृत्यु भएको छ। बागमती नगरपालिका ८ सोल्टीस्थित बागमती सिँचाइ आयोजनाको मानपुर शाखा नहरमा डुबेर अन्दाजी ४१र४२ वर्षकी अम्बिका काफ्ले सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। बागमती नगरपालिका ६ घर भएका गोविन्द सुुवेदीकी श्रीमती उनी केही समय पहिलादेखि नगरपालिकाकै वडा नम्बर ८ काफ्ले टोलस्थित माइतमा बस्दै आएकी थिइन्। काफ्लेलाई नहरले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरेका थिए। ​ उनलाई उपचारका लागि बरहथवा लैजाँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिए। शव परीक्षणका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here