सर्लाही, १८ असार । सर्लाहीमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार विहान परेको पानी संगै चट्याङ लागेर खेतमा धान रोपाइ गर्ने क्रममा सर्लाहीको बागमती नगरपालिका १० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवका अनुसार बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवा स्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । संभार टुडेपाटी ।