महोत्तरी,१३ असार। महोत्तरीको बर्दिबासमा विषालु सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । बर्दिबास नगरपालिका ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको शुक्रबार साँझ विषालु सर्पको टोकाइबाट मृत्यु भएको वडाध्यक्ष राजन ढुंगानाले जानकारी दिए । उनलाई बर्दिबास ३ गौरिडाडामा सर्पले टोकेको आफन्तले बताएका छन् । बर्दिबास ३ गौरीडाँडामा स्थानीयको सहभागितामा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको भए पनि उपचार प्रभावकारी नहुँदा वर्षेनी धेरै सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउँदै आएका छन् । संभार टुडेपाटी