रौतहट,१३ असार । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाले बिकासलाई तिब्रता दिँदै काम गरिरहेको छ । यसैक्रममा देवाही गोनाही नगरपालिका वडा नं ९ धरहरिमा सडक ढलान तथा नाला ब्यवस्थापन कार्यको अनुगमन नगर प्रमुख धर्मेन्द्र पटेलले गरेका छन् ।
नगर क्षेत्रमा संचालन गरीएको बिकास निर्माणको कार्यहरुलाई गुणस्तरताको साथ साथै समयमै सम्मपन्न गर्नको लागि नगर प्रमुखले योजनाहरुको अनुगमन गरेको बताइएको छ ।

देवाही गोनाही नगरपालिका वडा नं ९ धरहरिमा सडक ढलान तथा नालालाई नगर प्रमुख पटेल नेतृत्वको टोलीले अनुगमन गरेको हो।
देवाही गोनाही नगरपालिका नगर प्रमुख पटेलले योजनाहरुको अनुगनम गर्दा निर्माण स्थालमा रहेको समस्याहरुको बारेमा थाहा लाग्ने, काममा गुणस्तर आउने र समयमै योजना पुरा हुने भएकोले बिकासे योजनाहरुको अनुगमन गर्नु परेको बताए।
अनुगमनको क्रममा ठेकेदार र कर्मचारीहरुलाई बिकास निर्माणको कार्यमा लापरवाही नगर्न र कुनै समस्या आएमा समयमै जानकारी गराउन निर्देशन दिएको नगर प्रमुख पटेलले बताए।
नाला नभएको अवस्थामा स्थानीयहरुले घरबाट निस्कने पानीलाई व्यवस्थापन गर्नमा समस्या खेप्दै आएको अवस्थाको अन्तय हुने नगर प्रमुख धर्मेन्द्र पटेल बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here