रौतहट, १० असार । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको चौथो नगर सभाको उद्घाटन भएको छ । वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेहि यादवले बुधबार चौथो नगर सभाको उद्घाटन गर्नु हुदै नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । सो नगरपालिकाले आर्थिक वर्ष २०७७ । ७८ को लागी कुल ५१ करोड ७७ लाख ७० हजार बराबरको बजेट विनियोजन गरिएको हो । त्यस्तै संघीय सरकारबाट प्रप्त सशर्त अनुदान तर्फ १७ करोड ६३ लाख, वित्तीय समानि करण तर्फ १२ करोड ४३ लाख, राजशव वाडफाड तर्फ ९ करोड ४१ लाख ६९ हजार, विशेष अनुदान तर्फ २ करोड ३० लाख, सम्पुरक अनुदान तर्फ ४ करोड ३० लाख, र आन्तरिक आम्दानी तर्फ ५ करोड आम्दानी गर्ने अनुमान गरिएको छ ।
नगर प्रमुख राम स्नेही यादवले शिक्षालाई स्तरुन्नोतिगरिने , नगर क्षेत्रमा रहेको कृषियोग्य जमिनको पहिचान र संरक्षाण गर्दै कृषि उत्पादनको क्षेत्रको विविधकरण तथा विशिष्टिकरण मार्फत नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, बचत तथा रिणको कार्यक्रम सञ्चालन गर्ने सहकारी मार्फत् वित्तिय साक्षता कार्यक्रम सञ्चालन गरिने, नगरको उपयुक्त स्थानमा बहुउपयोगी सिंचाई पोखरी संरक्षण र निर्माण गर्ने कार्य अघि बढाउने, खेलकुल क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने तथा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने ब्यक्तिहरुलाई प्रोत्साहन गरिने, यस्तै स्वास्थ्य , सुशासन एबम सुचनाको हक र अधिकार लगायतका बिषयमा प्रमुख प्राथमिकता राखी कार्य अगाडी बढाइने बताए ।

चौथो नगर सभाको उद्घाटन कार्यक्रम तथा बजेट बारे बोल्नु हुदै वडा अध्यक्ष श्यामनन्दन यादवले प्रस्तुत भएको नीति कार्यक्रम तथा बजेट स्वागत योग्य भएको तथा यसलाई ब्यबहारमा समेत लागु गर्न एवम नगरक्षेत्रमा तत्काल एमबिबिएस डाक्टरको ब्यबस्था गर्न नगर प्रमुख यादवसंग आग्रह गरेका छन् । बिगतका दिनमा समेत नगरपालिकाले स्वच्छ तवरले काम गरेको तर साना साना कुरामा ध्यान नदिनाले हाल आएर सोहि कुरालाई मुद्दा बनाएर केहि व्यक्ति संघर्षमा उत्रेको बताउंदै अब पूर्ण सतर्क भएर काम गर्न वडा अध्यक्ष यादवले सबै जनप्रतिनिधिलाइ आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here