रौतहट, १० अुसार । रौतहट जिल्लाको गौर नगरपालिकाको छैठौं नगर सभा तथा विधेयक अधिवेशन सम्पन्न भएको छ ।
नगरप्रमुख अजय कुमार गुप्तो अध्यक्षतामा सम्पन्न सभामा नगरपालीकाका जनप्रतिनिधि एवम् विभिन्न विषयगत शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सभामा नगरपालिकाको समग्र विकास निर्माण तथा समसामयिक विषयमा छलफल भएको नगरप्रमुख गुप्ताले बताए ।
‘नगरपालीकाको समग्र विकाशका लागी विभिन्न विषयहरुमा छलफल भएको छ’ नगर प्रमुख गुप्ताले भने ‘नगर सभा कोरोना महामारीका बीच आर्थिक वर्ष २०७७÷०७८ मा रु ४४ करोड ३६ लाख ३२ हजार ४ सय ३२ रुपैया कुल अनुमान गरि उक्त रकमलाई देहायका क्षेत्रगत रुपले विनियोजित अनुसार कुल अनुमानित आयको पुर्वाधार विकास तर्फ ६ करोड ४२ लाख, समाजिक विकास तर्फ २६ करोड ११ लाख २ सय ७१ रुपैया, आर्थिक विकास तर्फ अनुमानित आय १ करोड ५० लाख ५० हजार ५० रुपैया, सुशासन अन्तरसम्बन्धी क्षेत्र तर्फ २ करोड ८ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ८ करोड २४ लाख ८२ हजार १ सय ६१ रुपैया विनियोजित गरेको बताए ।
नगर सभामा नगरपालिका क्षेत्रको अन्य विकास निर्माण लगायत समसामयिक सवालहरुमा समेत छलफल भएको नगर सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताए । नगरपालीकाका विभिन्न विषयगत शाखाहरुले सभामा प्रगती समीक्षा समेत प्रस्तुत गरेका थिए ।

सभामा संघीय र प्रदेश सरकार समक्ष विभिन्न योजना तथा कार्यक्रमका लागि आवश्यक बजेट उपलब्ध गराउन अनुरोध गर्ने लगायत विभिन्न नीतिगत निर्णयहरु समेत गरिएको कर्काीले बताए ।
यसैगरी सभामा सहभागी सम्पुर्णले मास्क लगाएको थियो । विश्वमै त्रासको वातावरण सिर्जना गरेको कोरोना भाईरसबाट सर्तक रहन एवम् जनप्रतिनिधिका माध्यमबाट स्थानियबासीमा जनचेतना जगाउन मास्क लगाईएको नगरप्रमुख गुप्ताले बताए ।
कोरोना संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको बताउदै उनले नगरपालीकाले जनस्तरमा कोरोनाका बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिरहेको बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here