रौतहट, १० असार । रौतहटमा रहेको १८ वटा पालिका मध्ये ८ वटा बाहेक १० वटा पालिकाहरुकाे बार्षिक निती कार्यक्रम प्रस्तुतिकरणकाे कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
स्थानीय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र अगामी आर्थिक बर्ष २०७७/०७८ को निती कार्यक्रम तथा बजेट प्रस्तुत गरी पारित गरिसक्नुपर्ने प्रावधान अनुसार बुधवार राैतहटका गाैैर, राजपुर , माैैलापुर, वृन्दावन, गढीमाई, माधव नारायण, पराेहा, चन्द्रपुर, यमुनामाई र दुर्गाभगवती सहित १० वटा पालिकाहरुले बार्षिक अधिवेशन सम्पन्न गरेको हो ।

भने राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर र गुजरा नगरपालिकामा आन्तरिक विवादको कारण बार्षिक अधिवेशन हुन नसकेको श्रोतबाट बुझिएको छ ।

आज बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका कतिपय नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ काे बजेट समेत पारित गरेका छन् भने कतिपयले आफ्नो बजेटकाे प्रकृयालाई अगाडि बढाएकाे हाे ।

जिल्लाका कतिपय पालिकाहरुमा बार्षिक बजेट तथा नीति कार्यक्रम प्रस्तुत भई रहेका बेला कहि अन्य दलबालाहरु त कहि आफ्नै कार्यपालिका भित्रका सदस्यहरुले विरोध जनाएको देखियो । समान्य विरोधहरु भई रहदा पनि पालिकाहरु भने आफ्ना कार्यक्रम सफलताका साथ सम्पन्न भएको जनाएको छ ।

बुधबार सम्पन्न भएका सभाहरुकाे केही झलक ।

गाैर नगरपालिका ।
राजपुर नगरपालिका ।
माैलापुर नगरपालिका ।
बृन्दाबन नगरपालिका ।
गढीमाई नगरपालिका ।
माधव नारायण नगरपालिका ।
पराेहा नगरपालिका ।
चन्द्रपुुर नगरपालिका ।
यमुनामाई गाउँपालिका ।
दुर्गाभगवती गाउँपालिका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here