रौतहट ८ असार ।
आज जनमत पार्टी रौतहटले अंगिकृत नागरिकता विधेयक बिरोधमा सदरमुकाम गौरमा बिरोध रैली प्रदर्शन गरेको छ । केन्द्रीय नेताहरु ललित मल्लिक शानू, बिरेन्द्र साह, अशोक सिंह लगायत जिल्ला पदाधिकारी बृज यादव, बिकास यादव, हेम साह, रागिनी पाण्डे लगायत सयकडौं नेता कार्यकर्ता सहभागी उक्त रैली गौर नगर परिक्रमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभा मा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टी मधेश नेतृत्व पुञ्ज को केन्द्रीय संयोजक ललित मल्लिक शानू ले बहुमतका उनमादी नेकपा ले ल्याउन लागेको विभेदकारी नागरिकता विधेयक मधेशलाई मान्य नहुने र जनमत पार्टी विधेयक बिरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए र उक्त आन्दोलन मधेश बेचुवाहरु को नेतृत्वमा नहुने मधेशका सच्चा सपुतहरु को नेतृत्वमा हुने जनमत पार्टीले गर्ने बताएका थिए कोणसभामा बिरेन्द्र साह, अशोक सिंह, हेम साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here