जनकपुरधाम, ७ असार (रासस) ।
सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा शनिबार जनकपुरधाम उपमहानगरपालिका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण उपमहानगरपालिकाका विभिन्न वडामा सङ्कट भोगिरहेका दीनहीन परिवारलाई सो समूहद्वारा खाद्यान्न वितरण गरिएको हो । समूहले सङ्कट भोगिरहेका प्रतिपरिवारलाई १० किलो चामल, दाल, खानेतेल, सोयाविन, नुन, साबुन र सर्फलगायतका सामग्री वितरण गरेको छ ।

सो अवसरमा अरूणा मिश्र, सुनिता मिश्र, भारती चौधरी, पुनम झा मैथिल, बिन्दु ठाकुर, नीतु झा, प्रेम विनिता, सरिता यादव, ज्योति झा, शारदा रेखा झा, पुनम मिश्र, सीमा चौधरी, नीतु झा, नीना झा र शिल्पी मिश्रलगायत अभियन्ताले राहत वितरणकार्यमा सघाउ पु¥याउनुभएको थियो ।

समूहद्वारा संस्कार, भाषा, कला, सामाजिक, सांस्कृतिक, उद्यमशीलताको विकासकासँगै परस्परमा आत्मीयताको परम्परालाई जीवन्त राख्नुका साथै ज्येष्ठप्रति सम्मानको वातावरण निर्माणका लागि सिर्जनात्मक र उत्प्रेरणामूलक गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

समूहका सदस्यहरूबाटै निर्माण गरिएका संस्कारिक र खाद्यान्न सामग्री, मिथिला कलाको बजारीकरण सन्दर्भमा मेला, उत्सवमा सहभागिता र प्रवद्र्धनमुखी कार्य गरी स्वावलम्बनतर्फ उन्मुख हुने वातावरण निर्माणमासमेत क्रियाशील रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here