रौतहट २,असार । रौतहटमा कोरोना संक्रमण जितेर मंगलवार सम्म एकसय ७१ जना घर फर्केका छन । मंगलवार चन्द्रनिगाहपुरमा रहेको आइसोलेशनबाट ७ जना ,परोहा नगरपालिका बाट ६१ जना घर फर्किएका छन । योसँगै कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा एक सय ७१ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो पटक चन्द्रपुर नगरपलिका वडा नम्बर ६ मा रहेको आइसोलेसन बाट गढीमाई नगरपालिकाका पाँचजना र गुजरा नगरपालिकाका दुईजना गरी सात जना निको भएर घर फर्किएका छन ।निको भएका हरु लाइ गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अबिर र माला लगाएर बधाइ दिदै घर पठाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here