३२ जेष्ठ ।
बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले ३४ बर्षको उमेरमा आत्महत्या गरेका छन । मुम्बैस्थित आफ्नै घरमा झुण्डिएर उनले आत्महत्या गरेको छन् । उनल आत्महत्या गरेको कुरा उनको घरमा काम गर्ने सहयोगीले मुम्बई प्रहरीलाई बताएका थिए । उनि ६ महिनादेखि डिप्रेशनको औषधि खाइरहेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । सुशान्त सिंह राजपूतको जन्म पटनामा भएको थियो । सुशान्तले आफ्नो करियर सुरुवात् ब्याकअप डान्सरको रुपमा गरेका थिए । ‘पवित्र रिश्ता’ टिभी सिरियलमार्फत् उनले चर्चा पाए । उनको पछिल्लो चलचित्र छिछोरी लोकप्रीय बनेको थियो । उक्त फिल्ममा उनको श्रद्धा कपुरसँगको रोमान्स हेर्न पाइन्छ । पीके, केदारनाथ लगायतका फिल्ममा पनि उनको अभिनय हेर्न पाइन्छ । शुरुमा टिभी स्क्रिनमा काम गरेर उनी चलचित्र क्षेत्रमा लागेका थिए । पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आत्महत्या गरे त्यसको कारण खुलेको छैन । राजपुतको शवको पोष्टमार्टम रिर्पोट भने आउन बाँकी छ ।