कैलाली, ३२ जेष्ठ । कैलालीको एक क्वारेन्टाइनमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति सामुहिक बलात्कार भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीका प्रवक्ता डिएसपी प्रतीक विष्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
दुई साताअघि भारतबाट आएकी उनी क्वारेन्टिनमा बसेकी थिइन् । स्वायं सेवकले नै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै विष्टले जानकारी दिए ।
बलात्कार भइरहँदा मोबाइलमा भिडियो रेकर्ड गरेको पीडितले बताएकी छन् । बलात्कारीले बलात्कारपछि सामाजिक सञ्जालबाट भिडियो भाइरल बनाइदिने भन्दै पीडितसँग उल्टै पैसा बार्गेनिङ गरेका थिए । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here