काठमाडौं, ३० जेठ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले वृक्षरोपण गरेर आफ्नाे जन्मदिन मनाउनु भएको छ । काठमाडौंकाे टाेखा स्थित आफ्नै निवासमा वृक्षरोपण गर्दै जन्मदिनमा वृक्षरोपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको हाे ।

लमजुङका स्थानीय संचारकर्मि बासुदेव सेढाईले २०७५ मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गर्नुभएको अभियान ऐले देशका धेरै भागमा भारत र अमेरिकामा बस्ने नेपाली हरुले समेत सुरुवात गर्नुभएको छ । स्थानीय संचारकर्मि बाट सुरुवात भएको अभियानमा केन्द्रीय महासचिवकाे समर्थनले अभियान लाई थप उर्जा र हाैसला मिलेको छ । प्रकृतिको संरक्षण ,वातावरण स्वच्छता र असल संस्कार असल विचार असल कर्मलाई प्राेत्साहन जन्मदिनमा वृक्षरोपण अभियान सकारात्मक उदेश्य बाेकेर सुरुवात भएको अभियानमा आफ्नाे पुर्ण समर्थन रहेको बताउनु भयो । प्रकृतिको दाेहन , वातावरण प्रदुषण र मानवकाे दिमागमा कब्जा जमाएकाे खराब विचार खराब संस्कार र गलत कामका विरुद्ध अभियान सुरुवात हुनु सुुखद रहेको उल्लेख गर्नुभयो । परिवर्तनको संवाहक संचारकर्मि हुन सामाजिक विकृति विसंगति ,अन्याय अत्याचार,षाेषण भेदभाव,भ्रष्टाचार अनियमितता विरुद्ध अावाज उठाउने गलत गतिविधि हुन नदिने प्रतिबद्धताका साथ कलम चलाउने संचारकर्मि हरुले प्रकृति जाेगाउन, वातावरण स्वच्छ हराभरा बनाउन,सबै मानवमा सद्भाव कायम गर्न र नेपाल लाई प्रकृतिको संरक्षण गर्ने,वातावरण स्वच्छता कायम गर्ने ,असल र सभ्य नागरिक भएको देशकाे रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउनकाे लागि अभियान सुरुवात गर्नु नेपालकाे पत्रकारिता क्षेत्रकै लागि सुखद कुरा भएकोले सबैकाे साथ सहयोग र समर्थन रहने उल्लेख गर्नुभयो । सकारात्मक कामकाे सुरुवात जहाँबाट जाेबाट भएपछि त्यसको समर्थन गर्नुपर्ने आफ्नाे मान्यता रहेको स्पष्ट पार्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here