रौतहट,३० जेठ ।
बर्तमान परिवेशमा विश्व नै कोभीड १९ को माहामारी सामना गरि रहेकोे बेला हाम्रो नेपालमा पनि दिनानुदिन कोरोना संक्रिमतहरुको संख्या बढिरहेको छ । नेपालमा हालसम्म ४६१४ कोरोना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु समेत भैसकेको छ ।
यसै महामारीको मौका छोप्दै कम्युनिष्ट सरकारका नेतुत्वमा हिजो आज गाउँ देखि जिल्ला र प्रदेश हुँदै बालुवाटार सम्म भ्रष्टाचार मौलाइरहेको छ ।
कोभिड १९को उपचार र स्वास्थ्य सामाग्री खरिद प्रकरणमा चर्को मुल्य राखी नेपालमा चरम रुपले भ्रष्टाचार भएको देखिन्छ । समाजका हरेक क्षेत्र भ्रष्टाचारबाट मुक्त हुन सकेका छैनन् । अहिले मुलुक संघीयताको कार्यान्वयनको चरणमा छ । स्थानीय, प्रादेशीक र संघीय गरी तीन तहको सरकार सञ्चालनमा छ । यतिखेर कम्युनिष्टहरूले शासनको बागडोर सम्हालेका छन् । जनताको घरदैलोमा सरकार पुगेको छ । विकास–निर्माणका काम सुचारु भएका छन् । तर विडम्बना, विकाससँगै विकृति र विसंगति व्यापक रुपमा फैलिएको छ । केन्द्रीकृत भ्रष्टाचारको सञ्जाल विकेन्द्रीकृत भएको छ । भ्रष्टाचारको स्वरूप परिर्वतन भएको छ । पहिले टेबुलमुनिबाट हुने लेनदेन अहिले क्याफे, रेस्टुराँ र बारमा बिचौलियाबाट सेटिङ मिलाएर लिने गरेको पाइन्छ । हरेक विकासका कामको केही प्रतिशत रकम कर्मचारी प्रशासनका लागि छुट्याउनुपर्ने अघोषित नीति बनेको छ । सरकारले अहिले खरिद गरेको १० अर्बको समाग्री र खर्चको हिसाबकिताब सार्वजनिक गर्न जन स्तर बाट बिरोध र आन्दोलन भैरहेता पनि यसको हिसाबकिताब सार्वजनिक नगर्नु सरकारको रबैया प्रती सबै सरोकारवालाले प्रश्न खडा गरेका छन । केन्द्रिय, स्थानीय र प्रदेश सरकार सबै निकायमा व्यापक भ्रष्टाचार भएको देखिन्छ ।
कम्युनिष्ट सरकारका मन्त्रीहरूले कयौंपटक भ्रष्टाचार गरेको खरिद प्रकरणमा प्रमाण सहित कयौं मिडियाहरु प्रष्ट रूपमा आए तर पनि सरकारले गम्भीर रुपमा नलिएर बचाउ तिर नै लागि परेको देखिन्छ ।
नेपाली कांग्रेस पार्टीले पटक पटक सरकारको आलोचना र सशक्त विरोध जस्ता कार्यक्रम गर्दा पनि सरकारले आफ्ना भ्रष्ट नेता र कार्यकर्ताहरुलाई कार्वाही नगरि संरक्षण गरि रहेकोे छ । यहाँ सरकारका कयौं कमजोरी र स्वेच्छाचारिता देखिएका छन्, भ्रष्टाचार र तिनिहरुका संरक्षक सरकारका विरुद्धमा प्रत्येक घर घर बाट आन्दोलनमा उत्रनु जरुरी छ ।
कम्युनिष्ट सरकार अधिनायकवादको बाटोमा राजनीतिशास्त्रीको परिभाषा तथा नेपाली बृहत् शब्दकोषका अनुसार एकलौटी रूपमा शासन सञ्चालन गर्नुलाई अधिनायकवाद भनिन्छ। सबै अधिकार पाएको व्यक्ति, अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक, तानाशाह, कानुनीभन्दा शक्तिका आडमा सरकार चलाउने तरिका एउटै व्यक्तिको सरकार, उसैको बलप्रयोगबाट सत्ता सञ्चालन गरि अरु राजनीतिक दललाई निषेध गरेर जाने परिपाटी, विधि विधान अवैधानिक तरिकाले अदल बदल गरेर शासन चलाउने प्रणालीको बाटो अपनाउदै कम्युनिष्ट सरकारका साशकहरुले अधिनायकवादीको चरीत्र देखाएका छन । नेपाललाई भ्रष्टाचार मुक्त बनाउन अब एक विकल्प कम्युनिष्ट सरकारको विरुद्धमा आन्दोलन गरि देशमा सुशासनको स्थापना गराउनु नितान्त आवस्यक छ ।
नेपालमा कम्युनिस्ट शासनको दम्ब र दादागिरी देखाई कांग्रेस नेताकार्यकर्तालाई विना कारण फसाई रहेकोे अवस्था पनि छ । कम्युनिष्टहरुले असक्षम तरिकाले नेतुत्व गर्दै हरेक कार्यमा विभेद समेत गरि रहेका छन । सरकारले गरि रहेकोे गलत रबैयाको हिसाब किताब अब नेपाली जनताले निश्चितरूपमा लिनुपर्छ । भ्रष्टाचार जस्ता जघन्य अपराधीलाई कार्वाही नहुनु देशलाई आर्थिक संकट निमत्याउनु हो । त्यसैले अधिनायकवादी कम्युनिष्ट सरकार र भ्रष्टाचारको विरुद्धमा आन्दोलनको आवश्यकता रहेकोे नेपाली कांग्रेस रौतहटको युवा नेता नितिश कुमार गुप्ताले बताएका छन । यो समाचार जननी नेपाल डटकमबाट संभार गरिएको छ ।
Home मुख्य समाचार अधिनायकवादी कम्युनिष्ट सरकारका पालामा भईरहेको भ्रष्टाचार विरुद्ध आन्दोलनको आवश्यकता : नितिश कुमार...