रौतहट, २८ जेठ ।
रौतहटको राजेदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले राजेदेवी नगरपालिका वडा नम्बर ३ मा सडक ढलान कार्य लागि शिलान्यास गर्नु भएको छ।
राजेदेवी नगरपालिका वडा नम्बर ३ को बसतपुर टोलमा ४५५ मिटर लामो, १२ फिट चौडा र ६ इंच मोटो पकी ढलान हुने सडकको शिलान्यास गरिएको हो।
नगरपालिकाबाट रु ४८ लाख र जनसहभागिताबाट रु ५ लाख ३६ हजार ३७६ रु १२ पैसा कुल ५३ लाख ३७६ रु १२ पैसा को लागतमा उक्त सडक निर्माण हुन लागेको हो।
नगरप्रमुखको अथक प्रयासबाट उक्त सडक निर्माण हुन लागेकाले स्थानीय बासी हर्षित भएको वडा ३ का वडा अध्यक्ष जयमंगल दासले बताए।


नगरप्रमुखको प्रयास र मेहनतले नगरपालिकाको बिकास गतिलो र गुनस्तरिय भइरहेको शिलान्यासमा उपस्थित वडा नम्बर ४ का वड़ा अध्यक्ष भाग्यनरायन साहले बताउदै धन्यवाद समेत दिएका थिए।
उपभोक्ता समितिलाई सडक निर्माणमा पूर्ण गुनस्तरिय सामग्री प्रयोग गरी गुनस्तरिये सडक निर्माण गर्नको लागी नगरप्रमुख धीरेन्द्र कुमार सिंहले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here