पर्सा, २७ जेष्ठ । पर्सामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेल छन् । सोमबार राति गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए । शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here