रौतहट,२७ जेष्ठ । रौतहट राजेदेवी नगरपालिकाका ९ वटा वडा हरुमा पूर्ण अपांग भएका ब्यक्ति हरु लाई इमप्याक्ट नेपाल संस्थाले राहत बितरण गरेको छ।
चामल ३० किलो, मसुरो दाल ३ किलो , चीनी २ किलो, खाने तेल २ लिटर, नून २ किलो, साबुन डिटोल ४ पिस भएको पैकेज ५५ जना पूर्ण अपांग भएका हरु लाई बितरण गरिएको हो।
राजेदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहको पहलमा राजेदेवी नगरपालिका वडा नम्बर ८ स्थीत रामजानकी मठ बेलबिछवा बाट वडा नम्बर ६,७,८,९ र वड़ा नम्बर ४ स्थीत प्रहरी चौकी बाट वडा नम्बर १,२,३,४,५ मा उक्त राहत समाग्री बितरण गरिएको हो।


२५ औ बर्ष देखी अपांगता रोकथामको क्षेत्रमा समर्पित संस्था इमप्याक्ट नेपाल सामुदायिक प्राथमिक कान उपचार केन्द्र गौर रौतहट ले कोरोना संक्रमण को विषम प्रस्थितिमा पूर्ण अपांग हरु लाई सहयोग हुने उद्देश्य ले उक्त राहत बितरण गरिएको संस्थाका प्रतिनिधि हरेश्याम झा ले बताउनु भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here