रौतहट, २६ जेष्ठ । रौतहटमा थप १० जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका हुन् । क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजपुर र इशनाथमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर हाल क्वारेन्टिनमा बसेका नेपालीहरु रहेका छन् ।