रौतहट २५ जेष्ठ । अक्सफाम नेपालको सहयोगमा आरडीसी नेपाल रौतहटले प्रदेश २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री बितरण गरेको छ ।
आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत लाइ सामाग्री हस्तान्तरण गरेका छन ।
सेनिटाइजर, डस्टपिन, सावन, लगाएत १६ प्रकारको समाग्रीहरु प्रदेश सरकारलाइ हस्तान्तरण गरीएको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिएका छन ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश २ का कृषि, भुमि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव समेतको उपस्थिती रहेको थियो ।
अक्सफाम नेपालले कोराना महामारी नियन्त्रणका लागी आरडिसी नेपाल मार्फत बिभिन्न स्वास्थ्य तथा स्वच्छता सामाग्री सहयोग तथा बितरण गर्दै आएको छ ।