रौतहट २५ जेष्ठ । मौलापुरमा कोल्ड स्टोर भवनको शिलान्यास गरियो । कोल्ड स्टोरको अभावमा यस नगरको कृषकहरूलाई परिरहेको मार्कालाई ध्यानमा राखेर यो कोल्ड स्टोर निर्माणको कार्य अगाड़ी बढ़ाईएको हो । झण्डै ८०० मैट्रिक टन क्षमताको यो शितभण्डार निर्माणमा कृषि मंत्रालयको पनि सहयोग रहेकोछ । झण्डै दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवनको सम्पूर्ण लागत ५ करोड़को भए पनि यस आ।ब। मा एक करोड़ साठी लाख मात्र बिनियोजन गरिएकोछ । कोरोना संत्रास एवं लकडाउनको कारण निर्माण कार्यमा ढिलाई भए पनि समयमा सम्पन्न गरि छाड़ने निर्माणकर्ताहरूको प्रतिबद्धतालाई उच्च सम्मान गर्न चाहन्छु । उपप्रमुख गौरि शंकर जयसवाल र वडाध्यक्ष बहिदार राउत लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दूरी क़ायम गर्दै शिलान्यास कार्यक्रम सम्पन भएको हो