राैतहत, २३ जेठ । माैलापुर नगरपालिकाले वडा नं.१मा संचालनमा रहेकाे आधारभुत विधालयलाई माध्यमिक विधालय बनाउने उदेश्यले भवन निर्माणकार्यका लागि सिलान्यास गरेकाे छ ।
नगरपालिकाका मेयर रिना कुमारी साहले आज एक कार्यक्रमका विच मर्यादपुरमा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि भवनको शिलान्यास गर्नु भएको हाे ।

झण्डै ४ करोड़ लागतमा बन्ने उक्त भवन नेपाल सरकारको समपुरक र विशेष अनुदान सहयोगमा निर्माण हुनेछ । मेयर साहले क्षेत्रका सांसद माननिय प्रभु साहले मर्यादपूरबासीमा माध्यमिक बिधालय स्थापनाको लागि गरेको प्रतिबद्धता अनुसार नगरपालिकाले निर्माण कार्य अगाड़ी बढ़ाएको बताएकि छिन् । निर्माण व्यवसायीद्वारा निर्माण कार्य आरम्भका लागि उक्त भवन त्यहाको जनप्रतिनिधि लगायतका उपस्थितिमा सामाजिक दूरी क़ायम गर्दै शिलान्यास कार्यक्रम सम्पन गराएकाे माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here