राजपुर, २१ जेठ । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ९ बैरियामा रहेको क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ ।
नपाका स्वास्थ्यकर्मी खुरसिद आलमलाई क्वारेन्टाइनमा बसेेकाहरुलेे कुुट पिट गरि घाइते बनाएको हो । क्वारेन्टाइनमा बसेकाहरु चेकजाच गर्दा अधिकांसको पोजेटिभ केस फेला पर्दै गइरहेको भनि आफुहरुलाई त्यसमा स्वास्थ्यकर्मीको गल्ती रहेको भन्दै कुटपिट भएको हो । क्वारेन्टाइनमा रहेकाहरुले डाक्टरहरुको गल्ती चेकजाचका कारण धेरैमा पोजेटिभ देखियको भन्दै होहल्ला गर्न थाले, त्यी बिचबाट केही व्यक्तिहरुले स्वास्थ्यकर्मी खुरसीदमाथि आक्रमण गरि घाइते बनाएको स्वास्थ्यकर्मीहरुले बताएकाछन् । स्वास्थ्यकर्मी खुरसिदको टाउमा गम्भीर चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको राजपुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत बैजु ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here