रौतहट २० जेष्ठ । रौतहटमा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३ पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।
भारत बाट रोजगारी गरेर घर फर्केकाहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
जिल्लामा ३ सय ७ जना संक्रमित फेला परेका छा । ती मध्य ३ जना निको भएर घर फर्किएका छन ।
राजपुर नगरपालिकामा २१, राजदेवी १८, गौर १३, परोहा ४, गढिमाइ १ दुर्गागवती गाउँपालिका १४ र यमुनामाइ गाउँपालिका को ३ जनामा कोरोना भाईरस संक्रमण देखा परेको हो ।
मंगलवार सम्ममा रौतहटमा ३ सय ७ जनामा संक्रमण फेला परेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
फेला परेका सवै नेपाल भारत सिमाना बाट सोझै क्वारेन्टाइन लगेर राखिएका व्यक्तिहरु रहेका छन ।
संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here