बैतडी २० जेष्ठ । क्वारेन्टाइनमा बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो।

मंगलबार मृत्यु भएकी युवती लामो समयदेखि मुटुको बिरामी रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिनोद कुँवरले जानकारी दिए । कुँवरका अनुसार १८ गते क्वारेन्टाइनमा बस्न आएकी उनको मंगलबार राति करिब २ बजे अचानक मृत्यु भएको हो । मृतक महिला, उनका श्रीमान, एक छोरा र अर्का एक आफन्तको स्वाब संकलन भइरहेको छ ।

मृत्यु भएकी युवती जेठ १६ गते गौरीफन्टा नाका हुँदै बैतडी पुगेकी थिइन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले युवती भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर फर्किएको र आर्थिक समस्याका कारण विगत केही दिनदेखि उनले औषधि सेवन नगरेको पाइएको भट्टको भनाइ छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here