रौतहट,१८ जेष्ठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल प्रहरीका क्राईम टोलीले ठूलो मात्रामा गुट्का सहित ट्रक पक्राउ गरेको छ। बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा सरकारले अहिले मदिरा तथा गुट्का खरिद बिक्रीमा प्रतिबन्द लगाएता पनि नेपालमा बन्ने गुट्का बजारमा फालमफाल भएको देखिएको हो।

गुट्काका डिलरहरुले लकडाउनको फाईदा उठाउदै ५ रुपैयाँमा बिक्ने गुट्का अहिले १० रुपैयाँमा बिक्रीवितरण भईरहदा लकडाउनमा दोबर रुपैयाँ कमाउने उदेश्यले धमाधम गुट्का बिक्री गरिरहेको देखिएको हो।

बुटवलबाट लु २ ख ३३४३ नंबरको मिनी कन्टेनर ट्रकमा ५० बोरा चामल २ सय बोरा सर्फको साथमा १ यस बोरा पानकिङ्ग गुट्का लुकाई छुपाई ल्याई रहेको अवस्थामा गौर नगरपालिका वडा नंबर १ मा प्रहरीले पक्राउ गरेको हो।

बिहानैदेखि सो मिनी ट्रक एउटा खाल्डोमा फँसेकोले अरुण सरावगीका स्टाफले अन्लोड गर्न नमाने पछि प्रहरीलाई संका हुँदा सो ट्रक पक्राउ गरेको हो। प्रहरीले सो ठाउँमा पुगि ट्रकको मुचुल्का उठाउँदा यसमा पानकिङ्ग गुट्काका साथै चामल रहेको खुलेको हो। प्रहरीले ट्रकलाई नियन्त्रणमा लिई आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here