काठमाडौं, १८ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका एक बालिकाको उपचारको क्रममा मृत्यु भएको र उनको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुढीगंगा नगरपालिका एक घर भएका २ वर्षका बालिकाको आज बिहान मृत्यु भएको थियो । मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएकोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा।विकास देवकोटाले बताए । बुढीगंगा नगरपालिका एक घुरालसैना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेकी बालिकाको आमापनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here