सप्तरी, १७ जेष्ठ। सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमामा उनीहरुको स्वाब परिक्षण भएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। ९ जना मध्ये एकजना महिला हुन् भने बाँकी पुरुष। यससंगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here