काठमाडौं, १८ जेठ । विश्वमा महामारीकाे रुपमा रहेकाे काेराेना संक्रमण नियन्त्रणका लागि सरकार द्वारा गरिदैं गएकाे लकडाउन हटाउन चाैतर्फी बिरोध एबम अनुरोध हुन थालेको छ । विभिन्न चरण गरि लम्बिदैं गएकाे लकडाउन फेरि लम्बाउने सरकारले आज गरेकाे निर्णय पछि पत्रकार राेजी ढकाल पराजुलीले यसकाे बैकल्पिक व्यवस्था गर्न सरकारसंग अनुराेध गरेकि छिन् । पत्रकार पराजुलीले आफ्नाे समाजिक संजाल फेसबुकमा ” लकडाउन निर्णय ! लकडाउन खुकुलो पार्दै जानु पर्छ किनकि मर्न कसैलाई रहर हुदैन । जनता आफैं सचेत भइ सुरक्षित अपनाएर काम गर्नेछन नत्र अनिकाल लागेर मर्ने अवस्था सुरु हुनेछ ।” लेखेकि छिन् । नेपाल टेलिभिजन कार्यक्रम समृद्धि तर्फ हाम्रो यात्रा कि प्रस्तोता एबम हाम्रो यात्रा डट टिभी कि सन्चालिका पत्रकार राेजी पराजुलीले रेडखबरसंगकाे टेलिफोन संवादमा ” लकडाउन आफ्नो ठाउँमा उचित विधि होला तर सबै थोक होइन ! भाइरस नियन्त्रण र प्रभावित समुदायमा यथेष्ट कीट , औषधि , ब्यबस्थापन बिनै बढाइएको लकडाउनले अर्थतन्त्र धराशयी पार्ने छ तसर्थ बिकल्प पनि खोज्ने कि !” बताए कि छिन् ।
पत्रकार पराजुलीले ” जनता नै देशका सम्पत्ति भएको र साेहि जनताको दुख दर्द र भावनाको सम्मान नभएको ।” भन्दै यथा सक्दाे देशकाे अर्थ तन्त्रलाई समेत जाेगाउन लकडाउन (बन्दाबन्दी) काे बैकल्पिक व्यवस्थापनमा सरकारले जाेड दिनु पर्ने बताईन ।