काठमाडौं, १७ जेष्ठ । सरकारले मुलुकमा जारी लकडाउनको समयावधि जेठ ३२ गतेसम्मलाई थपेको छ । शनिवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले कोरोना भाइरस कोभिड१९ को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिँदै गएपछि सरकारले लकडाउनको समयावधि थप गरेको र आवश्यक परे सेना परिचालन गर्न सकिने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए । यसैबीच भारतमा पनि जुन ३० सम्म लकडाउन थपिएको छ ।