१७ जेष्ठ । दैलेखको दुल्लु नगरपालिका ७ किर्तीखम्वस्थित क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ ।

भारतको गुजरातवाट घर फकिएका ती युवकको शनिबार विहान क्वारेन्टिनमा मृत्यु भएको हो। विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएको भेटिएको स्थानीय जितेन्द्र थापाले जानकारी दिएका छन ।

बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा उनी ए,क्कासी बे,होस भएका थिए । शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको थियो।

उनको कोरोना रिपोर्ट आउन बाँकी छ। ३५ वर्षीय मृतक युवक दुल्लु नगरपालिका–११ कालभैरवका रहेको बुझिएको छ। क्वारेन्टिनमा बसेका सबैको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा पठाइएको छ ।
यस्तै, दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजिटिभ देखिएको छ । संक्रमण देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संभार पुर्बेली दैनीक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here