काठमाडौं १६ जेष्ठ । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक वृद्ध पक्राउ परेका छन् । बिहिबार बलात्कार आरोपमा जिल्लाको शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो ।

घटना गत १३ गते बेलुकाको भएपनि प्रहरीले भने ढिला खबर पाएको जनाएको छ । आरोपीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here