जनकपुरधाम, १६ जेष्ठ १२ किलो अवैध लागुऔषधी गाँजासहित सर्लाहीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका ३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारीलाई पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार दुवैजनाले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजा बरामद भएको छ ।
उनीहरुलाई गाँजा सहित मलंगवा नगरपालिका ६ खुटौनाको नहरबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।
संभार टुडेपाटी