रौतहट, १६ जेष्ठ । रौतहटमा शुक्रवार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमितको सख्या जिल्लामा १ सय ८१ पुगेको छ । शुक्रबार फेला परेका राजपुर नगरपालिकाका ३३ जना , इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाएका छन । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिती सामान्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेनटाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् । जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला रहेका छन् । ६ सय १३ जनाको पिसीआर रिपोट आउन बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here