रौतहट,१६ जेष्ठ । रौतहटमा प्रहरी र स्थानिय बीच झडप भएको छ । रौतहटको ईशनाथ नगरपालिका ७ जोकाहमा प्रहरी र स्थानिय बीच झडप भएको हो । ईशनाथ नगरपालिकामा रहेको अनावारुल ईस्लामिक मर्दसामा रहेका दुई जनामा कोरोना पोजेटिभलाई आईसोलेसन ल्याउन पुगेका प्रहरी र चिकित्सक टोलीलाई स्थानियले अवरोध गरेपछि झडप भएको हो । नगरपालिका भित्र नै आईसोलेसन कक्ष बनाएर राख्न माग गर्दै स्थानियले बिरोध गरेपछि प्रहरीले अश्रु ग्याँस र हवाई फायर गरेको छ । झडपका क्रममा गाडी तोडफोड र केहि व्यति घाईते भएको जनाईएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको र अहिले पनि स्थिति तनावपूर्ण रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीयले ढुङ्गा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । कोरोना संक्रमितलाई मध्य क्षेत्रिय प्रहरी आवसिय विद्यालय गरुडामा स्थापना गरिएको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष मेहताले बताएका छन् । संक्रमित रहेको स्थानबाट करिब २५ किलो मिटरको दूरीमा मध्य क्षेत्रिय प्रहरी आवसिय विद्यालय पर्दछ । स्थानीयले भने जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर उपचार गर्न माग गरेको नगर प्रमुख मेहताले बताए ।