काठमाडौं,१६ जेठ । नेका नुवाकोट प्रचार प्रसार समिति सहसयोजक एवम नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका निवर्तमान अध्यक्ष अग्रगामी साेच विचारका धनी , विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय पेशाप्रति निष्ठावान र जिम्मेवार समाज र मुलुककाे सकारात्मक परिवर्तनमा तल्लिन कुशल संचारकर्मि प्रकाश अधिकारीले आज आफ्नाे जन्मदिन आफ्नै निवास नुवाकोटकाे बिदुर नगरपालिका वडा नं ५ मा वृक्षरोपण गरेर मनाउनुभएको छ ।

प्रकृतिको संरक्षण ,वातावरण स्वच्छता, पवित्र विचार, असल कर्म , सभ्य संस्कार लाई प्राेत्साहन जन्मदिनमा वृक्षरोपण अभियान उद्देश्य लिएर लमजुङ बाट सुरुवात भएको अभियान प्रति अाफ्नाे ऐक्यबद्धता रहेको बताउनुभएको छ । परिवर्तनको संवाहक संचारकर्मि हुने भएकोले सकारात्मक र रचनात्मक काम लाई सबैको साथ सहयोग र समर्थन हुनुपर्ने उहाँको भनाइ थियोे । आफ्नाे जन्मदिनमा न्युनतम एउटा विरुवा राेप्ने संस्कार स्थापित हुनसके वार्षिक करोडौं विरुवा राेपिने त्यसले वातावरण राम्रो हुने र एउटा असल संस्कारको पनि सुरुवात भएकोले जन्मदिन मनाउदा विरुवा राेप्ने प्रचलन उत्कृष्ट रहेको उहाँको तर्क छ ।