काठमाडौं, १५ जेष्ठ । दाङ र कपिलवस्तुमा गरि ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षण्मा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा दाङका २ जना र कपिलवस्तुका ९ जना रहेको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रा केशव प्रसाद देवले बताएका छन् । उनले दाङको गढवा गाउँपालिकाका २८ र ४१ वर्षका दुई जना पुरुष, कपिलवस्तु विजयनगर गाउँपालिकाका विभिन्न वडाका १७, २३, २६, ३०, ३७, ३९, ४३ र ५२ वर्षका ९ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५३ पुगेको छ ।