काठमाडौं, १५ जेठ । जाजरकोट रुकुममा दलित कुटपिट गरि भएको हत्याकाे घटना अक्षम्य रहेकाे भन्दै दाेषीमाथि कडा कार्वाही गर्न नेपाली काँग्रेसका नेता राजिब विक्रम साहले सरकारसंग माग गर्नु भएको छ ।
संविधान सभा सदस्य तथा नेपाली कांग्रेस नेता राजिब बिक्रम शाहले संचारकर्मीसंग कुरा गर्दै जाजरकोट रुकुम घटनामा राजनीति आस्थाका आधारमा दोषीलाई संरक्षन नगर्न आग्रह गर्नु भएको छ ।
नेता शाहले यस्ता अमानवीय व्यबहार गरेर ढाडमा बाधेर नदिमा फाल्ने जस्ता कार्य सुन्न नि नसकिने भन्दै त्यस्ता कार्यको घाेर निन्दा गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसंग माँग गरेका छन । सांसद शाले दाेषीलाई कार्यवाही नभए सम्म सडक र सदनमा निरन्तर रुपमा कार्यवाही गराउन लाग्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।