सप्तरी १४ जेष्ठ । जग्गा विवादमा कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–९ का ५० वर्षीय सुकदेव मण्डलको उपचारको क्रममा मृत्यु भएको हो।
गत शनिबार जग्गाको विषयलाई छिमेकीसँग भएको थियो । कुटपिटमा गम्भीर घाइते भएका मण्डलको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो । राजविराजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।