झापा, १४ जेष्ठ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेची नगरपालिका, पिपल डाँगीका २४ वर्षीय रामायण राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकैको खोल्सामा बिजुलीको करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

करेन्ट लागेर घाइते भएका राजवंशीको मनमोहन अस्पताल विर्तामोडमा उपचारको क्रमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here