जनकपुरधाम, १२ जेष्ठ । धनुषामा दुइजना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नगराइन नगरपालिकास्थ्ति ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत भइ प्रादेशिक क्वारेन्टाइन गंगुलीमा समेत खटिएका एकजना असइ र एक प्रहरी जवानमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले जानकारी दिए । उनका ४५ वर्षीय असइ र ३१ वर्षीय प्रहरी जवान दुबैजनामा कुनै लक्षण देखिएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले सोमबार एकैपटक ७२ जना कोरोना संक्रमित पुष्टि गरेकामध्ये दुइजना प्रहरी र एकजना नगराइन नगरपालिका ३ फुलगामाका ३० वर्षीय पुरुष रहेका छन् । ती पुरुष गएको जेठ ६ गते भारतस्थित नयाँ दिल्लीबाट आएका थिए । जेठ ७ गते तीनैजनाको स्वाब संकलन गरी परिक्षणकालागि पठाइएको थियो । प्रादेशिक क्वारेन्टाइन गंगुलीमा लगातार ५ जनामा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरी उनीहरुको स्वाब संकलन गरिएको थियो । प्रादेशिक क्वारेन्टाइनमा मात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन शिल गरी आज क्वारेन्टाइनमा बसेका ८१ जनाकै स्वाब संकलन थालिएको क्वारेन्टाइन संयोजक ठाकुरले बताए । संभार टुडेपाटी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here