रौतहट १२ जेष्ठ । रौतहटमा सोमवार एकैदिन २६ जना कोराना संक्रमित फेला परेका छन ।
संक्रमितको सख्या ४७ जना पुगेको छ । ति मध्य तीन जना निको भएका छन ।
राजपुर नपामा २४ जना र इशनाथ नपामा २ जना संक्रमित फेला परेका छन ।उनीहरु सवै जना भारतको बिभिन्न स्थानबाट आएका थिए । उनीहरुलाइ सिमाबाट सोझै क्वारेन्टाइन लगिएको थियो ।
आइतवार साझ सम्ममा २३ सय ६१ रौतहटमा क्वारेन्टाइनमा बस्नेको सख्या पुगेको छ ।
रौतहटमा पछिल्ला दिनहरुमा भारत बाट घर आउने को खस्या बढ्दो छ ।
शुरुमा फेला परेका तीन जना संक्रमित बिरजग मा उपचार पछि घर फर्किएका छन । उनीहरु इशनाथ, देवाहीगोनाही र बृन्दावन नपाका थिए ।
जिल्लाका ८ सय २१ जना क्वारेन्टाइन बाट घर फर्किएका छन । आइसोलेसनमा १७ पुरुष र १ महिला बस्दै आएका छन ।रौतहटमा एकहजार सय ७४ जनाको स्वाव संकलन गरीएको छ । रौतहटका १८ वटै स्थानिय तहले कम्तीमा ५ सय बेडको क्वारेन्टाइन बनाउनका लागी गृहकार्य गरीरहेका छन भने केही स्थानिय तहले निमार्ण समेत गरीरहेका छन ।