कञ्चनपुर, ९ जेठ ।
रोजगारी र अध्ययनका लागि भारत गएका नेपालीहरु सुदुर पश्चिमको गौरीफन्टा नाकाबाट ३ दिनमा झन्डै ५ हजार जना भित्रिएका छन् ।
भारत दिल्ली, मुम्बई लगायतका अन्य क्षेत्रबाट कञ्चनपुरको पुनर्वास स्थित डोकेबजार स्थित गौरीफन्टा नाकाबाट शुक्रवार १ हजार ९ सय ७८ जना, बिहिवार १ हजार ९ सय ३५ र बुधबार ८ सय ५० जना गरि ४ हजार ७ सय ६३ जना नेपाल प्रवेश गरेको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
भारतमा जारी लक डाउनका कारण रोजगारी गुमाएका उनिहरु ठूलो संख्यामा नेपाल फर्कनेको सीमामा लर्को लाग्न सुरु भएको छ ।
नेपाल-भारत प्रवेशमा रोक लगाएको भए पनि केही दिन यता सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई प्रवेश अनुमती दिइए पछि रोजगारीमा भारतका विभिन्न शहरहरुमा पुगेका नेपालीहरु यतिबेला धमाधम फर्कन थाले पछि स्थिती भयावह बन्दै गएको छ ।

स्थानीय तहहरुले सामुदायिक बिधालयहरुलाई क्वारेन्टाइन बनाउन सुरु गरे पनि दैनिक सैयौंको संख्यामा नेपालीहरु आउन थाले पछि ब्यबस्थापनमा चुनौती थपिएको छ ।
र्‍यापिड टेस्टका लागि कीट समेत अभाव भए पछि प्रवेशका लागि सीमामा पुग्नेहरुको परिक्षण समेत हुन्न नसक्ने अबस्था देखिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here