रौतहट, १० जेष्ठ । रौतहटमा राँगाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रौतहटस्थित बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो ।
अन्य तीनजना महिलासंग वनबाट दाउरा ल्याउँदै गर्दा शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रौतहटको पूर्वीभेग वनबाट जोडिएको सर्लाहीका तस्करहरुले वनबाट काठ तस्करी गर्न राँगाहरु प्रयोग गर्दछन् ।